Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

डेल्टा भेरिएन्टका कारण विश्व तेस्रो लहरको सुरुवाती चरणमाः डब्ल्युएचओ

डेल्टा भेरिएन्टका कारण विश्व तेस्रो लहरको सुरुवाती चरणमाः डब्ल्युएचओ

  • 602
    SHARES
  • डेल्टा भेरिएन्टका कारण विश्व तेस्रो लहरको सुरुवाती चरणमाः डब्ल्युएचओ

    जेनेभा । विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अदानोम गेब्रेयससले विश्व कोरोना भाइरसको तेस्रो लहरको सुरुवाती चरणमा रहेको बताएका छन् । डेल्टा भेरिएन्टको कहरका बीच डब्ल्युएचओ प्रमुखले हालै यस्तो चेतावनी दिएका हुन् । उनले डेल्टा भेरिएन्ट अहिलेसम्म विश्वको १११ भन्दा धेरै देशमा पुगिसकेको बताए । 

    उनले भने, ‘डेल्टा भेरिएन्टले छिट्टै विश्वलाई प्रभावित पार्ने छ ।’ कोरोना भाइरस लगातार विकसित भइरहेको र आफ्नो स्वरुप परिवर्तन गरिरहेको पनि उनले बताए । खोपका कारण केही समय घटेको भाइरसको संक्रमण पुनः बढ्न थालेको उनको भनाइ छ । 

    पछिल्लो चार सातादेखि पाँच क्षेत्रमा भाइरस संक्रमण बढेको छ । यति मात्र होइन, विश्वमा १० सातासम्म मृत्युमा कमी आएपछि पुनः यसको तथ्यांक बढ्न थालेको छ । अहिले विश्वभर कोरोना भाइरसको संक्रमण बढेर १८ करोड ८२ लाख पुगेको छ । यो महामारीबाट ४० लाखभन्दा धेरै व्यक्तिले ज्यान गुमाइसकेका छन् भने अहिलेसम्म ३ अर्ब ४९ करोड मानिसलाई कोरोनाविरुद्धको खोप दिइएको छ । 

    भाइरसबाट सबैभन्दा प्रभावित देशहरुमा अमेरिका, ब्राजिल, भारत,  फ्रान्स, रुस, टर्की, बेलायत, अर्जेन्टिना, कोलम्बिया, इटाली रहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij