Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते

  • 181
    SHARES
  • तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

    सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखै-रेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

    उनकानुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको  हुन् । बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए ।

    लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए । 

  • सम्बन्धित विषय:

  • # तनहुँ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij