वेबटिभी खबर
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले दाबी पेश गरेका छन । शाहले आज प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका रुपमा दाबी पेश गरेका हुन ।
आज आइतबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सुदूरपश्चिममा शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । प्रदेश प्रमुख मियाँले आज शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने बताइएको छ ।
यहाँ बहुमतको सरकारको लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ काग्रेसको १८ र एमालेको ११ सिटको बहुमतको सरकार बन्न लागेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij