Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

हुम्लामा ट्रयाक्टर दुर्घटना दुईजना घाइते

हुम्लामा ट्रयाक्टर दुर्घटना दुईजना घाइते

  • 149
    SHARES
  • हुम्लामा ट्रयाक्टर दुर्घटना दुईजना घाइते

    सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका-२ ठेहे गाउँ नजिक पैरापोरी भन्ने स्थानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

    कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्र्याक्टर ट्रनिङ नपुगेर चिप्लिँदा सडकभन्दा ५० मिटरभन्दा तल खसेको छ । 

    सदरमुकाम सिमकोटदेखि चामल लिएर गएको ट्र्याक्टर दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका २७ वर्षीय धनबहादुर सुनार उहाँका सहयोगी (सहचालक) सिमकोट गाउँपालिका-२ ठेहे गाउँका प्रिती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

    घाइते दुवै जनालाई जिल्ला अस्पताल हुम्लामा पुर्याएर उपचार भइरहेको प्रहरी निरीक्षक चन्दले बताए । चालक सुनारको घाँटीमा र सहयोगी प्रितीको ढाड, टाउँको र दाँहिने हातमा चोट लागेको छ । 

  • सम्बन्धित विषय:

  • # घाइते

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij