Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तनहुँमा एक वर्षमा ७७१ उद्योग दर्ता

तनहुँमा एक वर्षमा ७७१ उद्योग दर्ता

  • 147
    SHARES
  • तनहुँमा एक वर्षमा ७७१ उद्योग दर्ता

    तनहुँ । आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।

    उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । 

    सो आवमा रु ५१ लाख २१ हजार आठ सय राजस्व संकलन भएको छ ।  आव २०७९/८० मा ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो । 

  • सम्बन्धित विषय:

  • # तनहुँ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij