वेबटिभी खबर
काठमाडौं । साताको तेस्रो नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द छ । आज ३५.५५ अंकले बढेर परिसूचक २६९६.६५ विन्दुमा पुगेको हो ।यसदिन नेप्से बढे पनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ ।
आज ३२९ स्क्रिप्सको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपैयाँमा खरिदबिक्री भएको छ । नेप्से दोहोरो अंकले बढ्दा ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आधा दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा एसियन हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए । यसदिन कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ । सो कम्पनीको ६० करोड मूल्य बराबरको सेयर कारोबार भयो । यसैगरी शिवम् सिमेन्टले ३७ करोडको सेयर कारोबार गर्दा सोल्टी होटलले ३६ करोड,नेपाल फाइनान्सले ३५ करोड र चिलिमे हाइड्रोपावरले २७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
चार समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन । बैंकिङ,म्युचुअल फण्ड,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका हुन । यसदिन फाइनान्स र होटल एण्ड टुरिजम समूहको उपसूचक ५ प्रतिशत बढिले वृद्धि भयो । कारोबारमा आएका १८९ स्टकको मूल्य बढ्दा ४७ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रहेका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij