Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

शेयर बजारमा २० अंकको गिरावट

शेयर बजारमा २० अंकको गिरावट

  • 126
    SHARES
  • शेयर बजारमा २० अंकको गिरावट

    काठमाडौं । लगातारको वृद्धि भएको नेप्से परिसूचक आज २०.४६ अंकले घटेको छ । आज नेप्से सूचक ०.७६ प्रतिशतले घट्दै २६६१.०९ विन्दुमा पुगेको हो । जसको कारण १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

    यसदिन सबैभन्दा बढी शिभम् सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सोमबार दोस्रो र तेस्रोमा कुमारी बैंकको ५५ करोड २२ लाख ७६ हजार र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    सोमबार ७० कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घट्न पुगेको छ । बाँकी ४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १३ वटा उपसूचकमध्ये सोमबार फाइनान्स समूहको उपसूचक १.८८ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक ०.८१ प्रतिशतले बढेको छ भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी सोमबार ट्रेडिङ समूहको उपसूचक ४।५४ प्रतिशतले ऋणात्मक हुनपुगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij