Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

शेयर बजारमा उच्च अंकको वृद्धि

शेयर बजारमा उच्च अंकको वृद्धि

  • 118
    SHARES
  • शेयर बजारमा उच्च अंकको वृद्धि

    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि भएको छ । यसदिन कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा ११३.४२ अंक बढेर बन्द भएको हो ।

    आज १४८ वटा कम्पनीको सेयर मूल्य बढेकाे छ । यस्तै ८७ वटा कम्पनीको मूल्य घट्यो भने ८ वटाको स्थिर रह्यो । आज १२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको वृद्धि आएको छ । 

    यस्तै थप १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आइतबार कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ३६ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसपछि एनआईसी एसिया बैंकको सेयर ३४ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ ।

    परिसूचक ४.४१ प्रतिशतले बढ्दै १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको दिन लघुवित्त समूहको सूचक भने घटेको छ ।  यो समूहको सूचक १० अंकले घटेको हो । यस्तै आज ४ करोड ३ लाख कित्ता सेयर किनबेच भएको छ । यसैगरी कारोबार भएकामध्ये १२ वटा समूहको वृद्धि देखिएको छ ।

    जीवन बिमा समूहमा ५१९ अंकको वृद्धि आउँदा निर्जीवन बिमा समूहको सूचक ३४५ अंकले बढेको छ । यस्तै विकास बैंक समूह २४५ अंकले बढेको छ भने बैंक समूह १४१ अंकले बढेको छ । यसबाहेक सबैजसो समूहमा समेत वृद्धि आएको छ ।

    नेपाल राष्ट्र बैंकले लिएको १५–२० को नीतिका कारण बजार बढ्न नसकेको लगानीकर्ताको भनाई थियो । तर,  शुक्रबार को मौद्रिक नीतिसँगै   यो भनाइ अब हटेको छ । केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई लगाइएको २० करोडको सीमा हटेको छ ।

    व्यक्तिगततर्फको १५ करोडको सीमा रहेपनि यसले बजारमा तात्त्विक भिन्नता नल्याउने लगानीकर्ताको भनाइ छ । मौद्रिक नीतिको प्रभाव स्वरूप नै आज नेप्से परिसूचक उच्च अंकले बढेको हो । यससँगै नेप्से परिसूचक २६८१‍.४२ अंकको बिन्दुमा पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij