वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर र कतारी रियाल बढ्दा यूरो र बेलायती पाउण्डको विनिमयदर भने घटेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ६१ पैसा र बिक्री दर १३४ रूपैयाँ २१ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४५ रूपैयाँ १९ पैसा र बिक्री दर १४५ रूपैयाँ ८४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १७२ रूपैयाँ ४८ पैसा र बिक्री दर १७३ रूपैयाँ २५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ६४ पैसा र बिक्री दर ३६ रूपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij