वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने बारेमा धेरैलाई द्धिविधा उत्पन्न भएको देखिन्छ ।
यस्तो द्धिविधा हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गरेर कस्तो अवस्थामा खोप लगाउन हुने र नहुने स्पष्ट पारेको छ । उक्त सुचनाअनुसार १८ वर्ष मुनिकाले भने खोप लगाउन हुँदैन ।
त्यसैगरि कोरोना विरुद्धको पहिलो डोज खोप लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भिर एलर्जि) भएको व्यक्ति, गम्भीर बिरामी तथा उच्च ज्वरो आएका व्यक्तिले कोरोना विरुद्धको खोप लगाउन हुँदैन।
पहिला कुनै खोप वा औषधिबाट गम्भीर साइड इफेक्ट भएकाहरुले पनि भाइरस विरुद्धको खोप नलगाउन मन्त्रालयले सुझाव दिएको छ ।
स्वास्थ्यविज्ञ भन्छन्-गर्भवती र स्तनपान गराइरहेका महिलाले कोरोनाविरुद्धको खोप लगाउन मिल्छ
यससँगै कोभिड–१९ संक्रमणमुक्त भएको एक महिना नपुगेसम्म पनि यो खोप लगाउन हुँदैन्। मन्त्रालयकाअनुसार कोरोना संक्रमणमा परेर प्लाज्मा थेरापी र मोनोक्लोनल एन्टिबडिज विधिबाट उपचार गरिएको भए तीन महिनापछि मात्र कोरोनाविरुद्धको खोप लगाउन सकिन्छ । त्यसअघि यो खोप लगाउन मिल्दैन ।
माथी उल्लेखित अवस्थाबाहेक सबैले भाइरसविरुद्धको खोप लगाउन मिल्ने मन्त्रालयले जनाइएको छ । तर दीर्घ रोग भएकाहरुले आफूलाई शंका लागेमा स्वास्थ्यकर्मीसँग सल्लाह गरेर खोप लगाउन सक्नेछन् ।
खोप लगाउन जाँदा आफूलाई भएको स्वास्थ्य समस्या र खाइरहेको औषधिको बारेमा भने स्वास्थ्यकर्मीलाई जानकारी गराउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij