Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 95
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विनिमयदर घटेको छ । कतारी रियालको खरिद दर सामान्य घट्दा बिक्रीदर स्थिर छ ।

    अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ४४ पैसा र बिक्री दर १३४ रूपैयाँ ०४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रूपैयाँ ४० पैसा र बिक्री दर १४६ रूपैयाँ ०५ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १७२ रूपैयाँ ९६ पैसा र बिक्री दर १७३ रूपैयाँ ७४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५९ पैसा र बिक्री दर ३६ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij