Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

कोशी प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्नेछौँ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्नेछौँ : मुख्यमन्त्री कार्की

  • 159
    SHARES
  • कोशी प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्नेछौँ : मुख्यमन्त्री कार्की

    मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने बताएका छन ।

    प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित अन्तरप्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान कार्यक्रममा उहाँले त्यस्तो बताएका हुन ।

    कार्यक्रममा दुई सयजनालाई नगदसहित सम्मान गरिएको थियो । मुख्यमन्त्री कार्कीले आगामी खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर तीन वर्षभित्र प्रदेशलाई पूर्वाधार निर्माण, प्रशिक्षणका लागि आवश्यक व्यवस्था गरिने भन्दै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाए ।

    उनले चाँडै प्रदेश खेलकुद परिषद् निर्माण गरी खेलकुदको समग्र विकासका प्रयास अगाडि बढ्ने जानकारी दिए । प्रदेशमा खेलकुदका संरचना निर्माणका क्रममा झापामा आदिवासी रङ्शाला निर्माणसम्पन्न गरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उनको भनाइ छ ।

    ‘खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ । त्यसैले विभिन्न जिल्लामा पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि आवश्यक काम अगाडि बढाइएका छन् । झापामा रंगशाला बन्दैछ, संघीय सरकारको मातहतमा  विराटनगरको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्शालालाई प्रदेशमा ल्याउन पहिल सुरु गरेका छौँ । यस क्षेत्रमा इन्डोर खेलकुद प्रतियोगिता आयोजना गर्न विराटनगर आसपासमा आवश्यक संरचना निर्माण गरिनेछ’, मुख्यमन्त्री कार्कीले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij