Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चुनावी अभियानमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प घाइते

चुनावी अभियानमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प घाइते

  • 131
    SHARES
  • चुनावी अभियानमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प घाइते

    काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति चुनावी र्‍याली चलिरहेका बेला पेन्सिलभेनियामा गोली चल्दा ट्रम्प घाइते भएका हुन् ।

    घटनापछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए । उनको अवस्था सामान्य रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    उक्त यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । उनले यस्ता प्रकारका घटनाविरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij