वेबटिभी खबर
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
‘ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो’, नायब उपरीक्षक रायले भने, ‘अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij