वेबटिभी खबर
सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा विद्युतीय पोलबाट चिप्लिएर नहरमा खसेर एक मजदुर बेपत्ता भएका छन् ।
महादेवा-३ बथनाहाका २२ वर्षीय प्रदीप यादव बेपत्ता भएका हुन् । महादेवास्थित कोशीको पश्चिमी नहर किनारमा विद्युतीय पोलमा तार जडान गर्ने क्रममा उनी चिप्लिएर नहरमा खसेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्डिराज
न्यौपानेले जानकारी दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बेपत्ता यादवको खोजी गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij