Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एसइईमा जिल्लाकै उत्कृष्ट विद्यार्थी सम्मानित

एसइईमा जिल्लाकै उत्कृष्ट विद्यार्थी सम्मानित

  • 176
    SHARES
  • एसइईमा जिल्लाकै उत्कृष्ट विद्यार्थी सम्मानित

    पाल्पा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने पाल्पाका विद्यार्थीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ । 

    नगरको नमूना विद्यालय दरैठाँटी माध्यमिक विद्यालयबाट चार जिपिए ल्याइ जिल्लामै उत्कृष्ट हुन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो ।

    छात्रा कुँवरलाई नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत सुदर्शन पण्डितले नगद १० हजार र सम्मान-पत्रसहित दोसल्ला ओढाइ सम्मान गर्नुभयो । १५औँ नगरसभाको अवसरमा नगरपालिकाले सम्मान गरेको हो ।

    दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा र एसइईमा उत्कृष्ट अङ्क ल्याउनुभएकी कुँवरका अभिभावक मानबहादुर कुँवरलाई पनि सम्मान नगरपालिकाले सम्मान गरेको छ । १४ वर्ष नगरपालिकामा करारमा कार्यरत रही स्वेच्छिक अवकाश लिएका कार्मचारी शिवादेवी थापालाई दोसल्ला र सम्मानपत्रसहित नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोषमार्फत दुई लाख ९४ हजार प्रदान गरी सम्मान गरेको छ ।

    उपप्रमुख बालकुमारी थापाले आर्थिक विनियोजन विधेयक ऐन संशोधनसहित नगरसभामा प्रस्तुत गरेका थिए ।

    सभाको पहिलो बैठकको बजेटमध्ये प्रदेश सरकारबाट विशेष अनुदान २० लाख र प्रदेश सशर्तमा छ लाख थप भएसँगै नगरपालिकाको आगामी आवको बजेट ७४ करोड ११ लाख चार हजार रहेको उनले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # एसइई

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij