Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

फैलिँदै डेंगु, रोकथाममा सरकारी प्रयास खै ? 

फैलिँदै डेंगु, रोकथाममा सरकारी प्रयास खै ? 

  • आषाढ १८, २०८१ सोमवार ०८:५५ बजे
  • 97
    SHARES
  • फैलिँदै डेंगु, रोकथाममा सरकारी प्रयास खै ? 

    काठमाडौं । २० वर्षअघि सन् २००४ मा पहिलोपटक नेपालमा डेंगु देखिएको थियो । डेंगुको संक्रमण मुख्यतः जेठदेखि कात्तिकसम्म मौसमी रुपमा हुन्थ्यो । तर, केही वर्षयता डेंगुले मौसमी नभएर सदाबहार संक्रमण फैलिने रोगको रूप लिएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूका अनुसार सन् २०१९ यता डेंगु संक्रमण बाह्रै महिना देखिएको छ । तर, महाशाखाले सन् २०२२ अघिको तथ्यांक मासिक रूपमा छुट्याएर राखेको छैन । त्यसयता भने अहिलेसम्म साढे दुई वर्षमा हरेक महिना डेंगु संक्रमणका नयाँ केस देखिएको तथ्यांकले देखाउँछ ।

    सन् २०२२ र २०२३ मा बाह्रै महिना डेंगु संक्रमण भएकोमा, सन् २०२४ मा पनि अहिलेसम्मका ६ महिना (जुनसम्म) नै नयाँ केस देखिएका छन् । ‘विगतमा खासगरी मनसुनको समयमा बढी डेंगु संक्रमण देखिन्थ्यो, बेलाबखत त्यसभन्दा अगाडि वा पछाडिका केही महिना पनि नदेखिएको होइन । तर, सन् २०१९ देखि भने बाह्रै महिना संक्रमण देखिँदै आएको छ । अब डेंगु मौसमीबाट पूर्णतया सदाबहार रोगको रूपमा देखिन थालेको छ,’ महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले भने । 

    त्यसमाथि डेंगुका बिरामी विगतको तुलनामा बढ्दै गएको देखिन्छ । सन् २०२२ र २०२३ मा क्रमशः जनवरीमा ११ र १३३, फेब्रुअरीमा ३ र १३०, मार्चमा १५ र १९५, अप्रिलमा १८ र १५८, मेमा २५ र १६३ तथा जुनमा ९३ र १,०२६ नयाँ केस देखिएको महाशाखाको तथ्यांक छ । त्यस्तै, जुलाईमा ७२० र ६,४५९, अगस्टमा ३,७०८ र १४,५३४, सेप्टेम्बरमा २७,५२९ र १३,९१२, अक्टोबरमा १७,८८९ र १२,६९९, नोभेम्बरमा ४,२९० र २,८०५ तथा डिसेम्बरमा ४८३ र ५७६ नयाँ केस देखिएका थिए । सन् २०२४ मा पनि अहिलेसम्म ६ महिनामै डेंगु संक्रमणका नयाँ बिरामी देखिएका छन् । जनवरीमा २४३, फेब्रुअरीमा १७३, मार्चमा २००, अप्रिलमा २१५, मेमा २५० र जुनमा १८७ केस देखिएका हुन् । 

    एडिस एजिप्टाई वा एडिस एल्बोपिक्टस जातको लामखुट्टेले डेंगु संक्रमण गराउँछ । मनसुनी मौसममा सफा पानीमा फुल पारेर फैलिने यो जातको लामखुट्टे बाह्रै महिना सक्रिय मात्रै भएको छैन, चिसो हिमाली क्षेत्रसम्म पनि पुगेको छ । यो कसरी भइरहेको छ रु सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुन भन्छन्, ‘लामखुट्टे बाँच्न सक्ने र फुल पार्नका लागि अनुकूल वातावरण हुँदै गएपछि अनुवंशिक उत्परिवर्तनहरू पनि हुँदै गएका छन् । यसले विस्तारै हरेक खालको वातावरणमा रहन सक्ने क्षमता वृद्धि गरेको छ ।’ हरेक खालको वातावरणमा रहन सक्ने र मानव शरीरमा हानि गर्न सक्ने भएकाले लामखुट्टे जनस्वास्थ्यको मुख्य चुनौतीका रूपमा देखिन थालेको उनको विश्लेषण छ । 

    लामखुट्टेको संख्या वृद्धि हुँदै गएपछि प्राकृतिक वातावरणलाई उसले आफूअनुकूल बनाउने चिकित्सकहरू बताउँछन् । अध्ययनहरूका अनुसार एउटा लामखुट्टेले आफ्नो जीवनकालमा कम्तीमा तीन सय अन्डा पार्छ । यसकारण प्रत्येक वर्ष लामखुट्टेको संख्या बढ्दै गएको छ । उनीहरूले वातावरणलाई आफूअनुकूल बनाउँदै लगेका छन् । क्लाइमेट एनालिटिक्स दक्षिण एसियाका अध्यक्षसमेत रहेका जलवायुविज्ञ मन्जित ढकाल पनि मौसमी रूपमा देखिने डेंगु बाहै्र महिना घातक रूपमा देखिनुमा लामखुट्टेको अनुवंशिक परिवर्तनलाई प्रमुख आधार मान्छन् । लामखुट्टेको संख्या बढ्दै जानु अर्थात् डेंगु संक्रमण वर्षभरि र सबै स्थानमा देखिन थाल्नुलाई उनी जलवायु परिवर्तनको मुख्य कारणसँग पनि जोड्छन् । 

    ‘लामखुट्टेजस्ता किराहरू फैलिनका लागि तापक्रम निकै महत्वपूर्ण मानिन्छ । तापमानमा आइरहने फेरबदलले उनीहरूलाई बाँच्न सक्ने वा फैलिन सक्ने अवस्था सिर्जना गर्छ । जसका कारण यस्ता रोग फैलिनुमा तापमानको महत्वपूर्ण भूमिका हुन जाने विभिन्न अध्ययनले देखाएका छन्,’ ढकालले भने, ‘मनसुनको अवधि लम्बिनु वा ढिला हुनु, तापमानमा आइरहेको निरन्तर वृद्धि लामखुट्टेका लागि अनुकूल भइरहेको छ र मौसमी रूपमा देखिने डेंगु घातक बन्दै गएको छ ।’ नयाँ पत्रिका दैनिकबाट

  • सम्बन्धित विषय:

  • # डेंगु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij