Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

पर्यटन प्रवर्द्धनका लागि रोपाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि रोपाइँ महोत्सव

  • 226
    SHARES
  • पर्यटन प्रवर्द्धनका लागि रोपाइँ महोत्सव

    धादिङ । कृषिलाई पर्यटनसँग जोड्नका लागि धादिङको सिद्धलेकमा रोपाइँ महोत्सव गरिएको छ । सिद्धलेक गाउँपालिकाको सहयोग र गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको आयोजनामा २१औँ राष्ट्रिय धान दिवसका अवसरमा आज वुङचुङमा धान महोत्सव आयोजना गरिएको हो ।

    महोत्सवको उद्घाटन गर्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष पशुराम खतिवडाले गाउँपालिकाले कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखेको बताए ।

    ‘कृषि र पर्यटनमार्फत गाउँपालिकाको अर्थतन्त्रलाई चलायमान बनाउन भैँसे घलेगाउँमा घरबास (होमस्टे) सञ्चालन गर्न लागेका छौँ,’ उनले भने ।

    नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवम् पर्यटन व्यवसायी डा.रामशरण थपलियाले सिद्धलेकको पर्यटन विकासका लागि धान महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    नेपाली कांग्रेसका नेता एवम् वरिष्ठ पर्यटन व्यवसायी रमेश धमलाले कृषि र पर्यटनलाई जोडेर ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि भिटोफ नेपालले खेलेको भूमिका सराहनीय रहेको बताए ।

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बास्तोलाले गाउँको पर्यटन विकासका लागि भिटोफ देशभरका स्थानीय तहमा पुग्नुपर्ने बताए ।

    गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल, वरिष्ठ पर्यटन व्यवसायी चन्द्रप्रसाद रिजाल, भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारी, टानका महासचिव विनोद सापकोटा, वरिष्ठ पर्यटन व्यवसायी राजन सिंखडालगायतले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई सरकारले साथ दिनुपर्ने बताएका थिए ।

    विसं २०५४ मा स्थापना भएको भिटोफले नेपालको ग्रामीण पर्यटन प्रवद्र्धनका लागि देशका विभिन्न स्थानमा होमस्टे स्थापना गरी काम गरिरहेको भिटोफका अध्यक्ष सकुन्तला देवकोटाले जानकारी दिए ।

    भिटोफले विगत २७ वर्षदेखि रोपाइँ महोत्सव गर्दै आएको छभने प्रत्येक वर्ष गाउँको पर्यटन प्रवद्र्धनका लागि गन्तव्य गाउँ घोषणा गरेर पर्यटनलाई अगाडि बढाउँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij