Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाग्लुङका चार उत्कृष्ट किसान पुरस्कृत

बाग्लुङका चार उत्कृष्ट किसान पुरस्कृत

  • 126
    SHARES
  • बाग्लुङका चार उत्कृष्ट किसान पुरस्कृत

    बाग्लुङ । बाग्लुङका चार उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा जिल्लास्तरमै कृषिको माध्यमबाट पहिचान बनाउन सफल चार किसानलाई नगद दश/दश हजार नगदसहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बाग्लुङले जनाएको छ ।

    सुन्तला खेतीतर्फ बाग्लुङ नगरपालिका-८ सिगानाका किसान अनन्तबहादुर खड्का, तरकारी खेतीतर्फ बाग्लुङ नगरपालिका-९ तित्याङका पदमबहादुर खत्री, स्याउ र आलु खेतीतर्फ ढोरपाटन-९ स्थित उत्तरगङ्गा अर्गानिक एग्रोका चिरनकुमार घर्ती र  बाग्लुङ नगरपालिका-१२ स्थित कालीगण्डकी दूग्ध उत्पादक सहकारीका कृष्णप्रसाद लाछिानेलाई सम्मान गरिएको ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए ।

    तरकारी, फलफूल र दूधलगायत उत्पादनको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने पुरस्कृति किसानहरुको भनाइ छ । सम्मानले कृषीकर्ममा लाग्न थप उत्साहित बनाएको कृषक खत्रीले बताए ।

    सुन्तला खेतीबाट एक वर्षमा पाँच लाख आम्दानी गर्दै आउनुभएका अनन्तबहादुर खड्काले पनि उचित मूल्य र बजारीकरणमा रहेका समस्या समाधानमा सरकारले सहजीकरण गरे थप सहज हुने बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति बाग्लुङका प्रमुख अमरबहादुर थापाले कृषकको पीरमर्का बुझेर राज्यले नीति बनाउन आवश्यक रहेको बताए । 

  • सम्बन्धित विषय:

  • # बाग्लुङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij