Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

टि-२० विश्वकपः भारतद्वारा बंगलादेश पराजित

टि-२० विश्वकपः भारतद्वारा बंगलादेश पराजित

  • 250
    SHARES
  • टि-२० विश्वकपः भारतद्वारा बंगलादेश पराजित

    काठमाडौं । आइसिसी टि-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गए राति सम्पन्न खेलमा भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल गरेको छ ।

    एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बङ्गलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाएभने तान्जिद हसनले २९ तथा ऋषाद होसेनले २४ रन जोडे ।

    भारतका लागि कुलदीप यादवले तीन तथा अर्शदीप सिंह र जसपृत बुम्राहले समान दुई-दुई विकेट लिए ।  हार्दिक पान्ड्यले एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९६ रनको योगफल बनाएको थियो ।

    भारतका लागि हार्दिक पान्ड्यले २७ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५० रन बनाए । त्यसैगरी  विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ तथा  कप्तान रोहित शर्माले २३ रन जोडे ।

    बङ्गलादेशका तान्जिम हसन सकिब र ऋषाद हुसेनले समान दुई-दुई विकेट लिए भने शाकिब अल हसनले एक विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # भारत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij