Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

उपप्रधानमन्त्री श्रेष्ठ इरान प्रस्थान

उपप्रधानमन्त्री श्रेष्ठ इरान प्रस्थान

  • 97
    SHARES
  • उपप्रधानमन्त्री श्रेष्ठ इरान प्रस्थान

    काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी संगठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीहरूका १९औँ बैठकमा भाग लिन आज इस्लामिक गणतन्त्र इरान प्रस्थान गरेका छन् ।

    इरानको राजधानी तेहरानमा यही असार १० गते आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ यही असार १२ गते स्वदेश फर्किने तालिका छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij