Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा छ : प्रधानमन्त्री दाहाल

नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा छ : प्रधानमन्त्री दाहाल

  • 116
    SHARES
  • नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा छ : प्रधानमन्त्री दाहाल

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन ।

    आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताएका हुन । प्रधानमन्त्री दाहालले भने, ‘मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ।’

    सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ । ‘यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु’, प्रधानमन्त्री दाहालले भने ।

    प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताए। प्रधानमन्त्री दाहालले भने, ‘मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij