Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन

स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन

  • 151
    SHARES
  • स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन

    पर्सा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरमा ढलान सडक तथा नालाको उद्घाटन गरेका छन ।

    उनले आज  वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाँमा निर्मित ढलान सडक तथा नाला उद्घाटन गरेका हुन । त्यसअवसरमा उनले सडक र नाला निर्माणसँगै स्थानीयले वर्षौदेखि भोग्दैआएको सास्तीबाट मुक्ति पाउने बताए ।

    ‘यहाँ सडक र नाली नबन्दा निकै समस्या भइरहेको थियो’ । स्थानीयवासीको मागबमोजिम सडक र नाला निर्माण भएपछि  पक्कै पनि हालसम्म भोग्दैआएको समस्या समाधान हुनेछ’, मन्त्री यादवले भने । मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै समग्र वीरगञ्ज महानगरको पनि समृद्धि हासिल गर्न सहज हुने धारणा व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij