Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

सुडानमा भएको अर्ध सैनिक आक्रमणमा आक्रमणमा सय जनाको मृत्यु

सुडानमा भएको अर्ध सैनिक आक्रमणमा आक्रमणमा सय जनाको मृत्यु

  • रासस
  • जेठ २४, २०८१ बिहिवार १६:५० बजे
  • 206
    SHARES
  • सुडानमा भएको अर्ध सैनिक आक्रमणमा आक्रमणमा सय जनाको मृत्यु

    पोर्ट सुडान । मध्य सुडानको एउटा गाउँमा भएको अर्ध सैनिक आक्रमणमा सय जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको छ ।

    अर्धसैनिक बलहरूले ‘गाउँमा आक्रमण हुदाँ कैयौँ विस्थापित हुनुका साथै  दर्जनौको ज्यान गएको’ बताएका छन्  । आक्रमणबाट सयौँ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । 

    सामाजिक सञ्जालमा समितिले सार्वजनिक चोकमा ‘सामूहिक हत्या’ भएको भन्दै आँगनमा सेतो कफनको पंक्ति राखिएको भिडियो फुटेज सार्वजनिक गरेको छन् ।  

    एक वर्षको समयभित्रै युद्धले दशौँ हजार व्यक्तिको ज्यान लिएको छ ।  द्वन्द्वका कारण  पश्चिम डार्फर सहरमा १५ हजारभन्दा बढी मारिएका छन् ।

    सुडानका लागि अमेरिकी विशेष दूत टम पेरियेलोका अनुसार युद्धमा परी मृत्युवरण गर्नेहरूको संख्या एक लाख ५० हजारको हाराहारीमा रहेको जनाएका छन् । 

    आरएसएफले सुडानका गाउँहरू, विशेष गरी अल–जाजिराको कृषि क्षेत्रमा बारम्बार घेराबन्दी र आक्रमण गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # सुडान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij