वेबटिभी खबर
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको खुसी प्रतिनिधिसभा विघटनसम्बन्धि सर्वोच्च अदालतको निर्णयपछि हुने बताएका छन् । पार्टी एकता कार्यदलको बैठक सिंहदरबारमा जारी रहँदा उपाध्यक्ष गौतमले आइतबार राष्ट्रियसभाको बैठकमा उक्त कुरा बताएका हुन् ।
एमालेको विवाद सर्वोच्च अदालतको निर्णय आएपछि एकीकृत हुने आफूले विगतमा पनि भन्दै आएको र अहिले पनि त्यसमा दृढ रहेको बताउँदै गौतमले भने, ‘मेरो भनाइ लागू होस् भनेर त भन्दिनँ । भरे बेलुकासम्म भएपनि आओस् भन्ने छ । मेरो दृढता के छ भने सर्वोच्चको निर्णयपछि हाम्रो पार्टी अहिले एकीकृत हुन नसकेपनि त्यसबेलादेखि एकीकृत हुन्छ । त्यसपछि एकीकृत पार्टीको जिम्मेवारी निर्वाह गर्नेछौं भन्ने मलाई लागेको छ ।’
विगतमा नेकपा र पछिल्लो समय एमाले विभाजनको क्रममा आफू कतैतिर सामेल नभएको, नपाएको र नसकेको वामदेव गौतमको भनाइ थियो । उनले एमाले पुनर्स्थापित भएपछि पार्टी रोजेको बताए । २ जेठ २०७५ को अवस्थामा केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीले बोलाएपछि आफू गएको गौतमको भनाइ थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij