Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

एकै समयमा कोरोनाका दुईवटा भेरिएन्टबाट संक्रमित महिलाको मृत्यु

एकै समयमा कोरोनाका दुईवटा भेरिएन्टबाट संक्रमित महिलाको मृत्यु

  • 586
    SHARES
  • एकै समयमा कोरोनाका दुईवटा भेरिएन्टबाट संक्रमित महिलाको मृत्यु

    ब्रसेल्स । युरोपेली मुलुक बेल्जियममा कोरोना भाइरसको दुई वटा भेरिएन्टबाट एकै समयमा संक्रमित भएकी ९० वर्षिया महिलाको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । ती महिलाको मार्च महिनामा मृत्यु भएको थियो । ती महिला सुरुमा अल्फा भेरिएन्टबाट संक्रमित भएकी थिइन् भने पछि उनी बिटा भेरिएन्टबाट संक्रमित भएको पुष्टि भयो । 

    बिटा भेरिएन्ट सुरुमा बेलायत र दक्षिण अफ्रिकामा भेटिएको थियो । तर दुवै भेरिएन्टबाट संक्रमित भएर मृत्यु भएको यो पहिलो केस हो । 

    कोरोना संक्रमण भएर बिरामी भएकी ती महिलामा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको स्वाब परीक्षण गर्दा दुई वटा भेरिएन्टको म्युटेटेड स्वरुप फेला परेको थियो । 

    बेल्जियमको ओएलवी अस्पतालका अनुसन्धानकर्ता डा ऐनी वेन्केरबर्गेनका अनुसार ती महिला बिटा र अल्फा भेरिएन्टबाट संक्रमित अलग अलग व्यक्तिको सम्पर्कमा पुगेकाले दुवै भेरिएन्टबाट संक्रमित भएकी हुन् । 

    चिकित्सकका अनुसार यो दुर्लभ घटना भए पनि खतरनाक हो । क्लिनिकल माइक्रोबायोलोजी र संक्राम रोगसम्बन्धी युरोपेली सम्मेलनमा यस विषयमा छलफल हुने भएको छ । यस वर्षको जनवरीमा ब्राजिलका वैज्ञानिकहरुले एकै समय दुई वटा भेरिएन्टबाट संक्रमित भएका व्यक्तिहरु भेटिएको बताएका थिए ।

    पोर्चुगलका अनुसन्धानकर्ताले पनि कोरोना भएर उपचार गर्न अस्पताल पुर्याइएका १७ वर्षीय एक किशोरमा दुई वटा भेरिएन्ट पुष्टि भएको बताएका थिए । ती युवक भने उपचारपछि संक्रमणमुक्त भए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij