Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

बाग्मतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

बाग्मतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

  • 81
    SHARES
  • बाग्मतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

    बाग्मती ।  बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ ।

    आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

    यसअघि प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफलपश्चात् पारित भएको  थियो ।

    आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवद्धनलाई प्राथमिकतामा राखिएको छ ।

    प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याउन लागिएको बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

    सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उहाँको भनाइ छ । सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ ढङ्गका कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको छ । 

  • सम्बन्धित विषय:

  • # बाग्मती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij