वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले खेलाडीको उपचारमा सहुलियत दिने भएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) र ट्रमा सेन्टरबीच सहुलियत दिने बिषयमा सम्झौता भएको हाे ।
ट्रमाले खेलाडीलाई २४ घण्टा इमरजेन्सी सेवा उपलब्ध गराउने छ । यससँगै रक्त सञ्चार सेवा, फार्मेसी सेवा, रेडियोलोजी, प्याथोलोजी शल्यक्रिया, अर्थोपेडिक तथा ट्रमा सर्जरीमा पनि सहयोग गर्नेछ ।
यसैगरी न्यूरो सर्जरी, इएनटी, सघन उपचार कक्षलगायतका खेलाडीले सहुलियत पाउने सम्झौता पत्रमा उल्लेख छ ।
राखेपकातर्फबाट सदस्य सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.सन्तोष पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij