वेबटिभी खबर
लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल-१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल-११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो ।
एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते भएका छन् । एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ का नारायणबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij