Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

  • 181
    SHARES
  • ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

    ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता भएको छ । मौलिक हस्तकलालाई संरक्षण तथा प्रवर्द्धन गर्नका लागि ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो ।

    धुपबत्ती बाट्ने प्रतियोगितामा सुकमाया फुरुम्बु प्रथम, कृष्णमाया कार्की दोस्रो भएकी छिन् । त्यस्तै राधिका खवास तृतीय भएकी छिन् ।

    धुपबत्ती बाट्ने प्रतियोगिताका संयोजक अञ्जना कडरियाका अनुसार प्रतियोगितामा १७ जनाले प्रतियोगितामा भाग लिएका थिए ।

    त्यस्तै टपरी बुन्ने प्रतियोगितामा टीकादेवी भट्टराई प्रथम हुनुभएको आयोजकले जनाएको छ । विष्णुमाया गिरी दोस्रो भएकी छिन् । त्यस्तै  दिलमाया तामाङ तेस्रो भएकी छिन् ।

    टपरी बुन्ने प्रतियोगिता संयोजक मात्रिकादेवी प्रसाईका अनुसार प्रतियोगितामा २२ जनाले सहभागी जनाएको थियो ।

    नयाँ पुस्तालाई दैनिक जीवनमा आइपर्ने सीप पुस्तान्तरणको उद्देश्यसहित टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताए ।

    पछिल्लो पुस्तामा बत्ती बाट्ने र दुना-टपरी गाँस्ने सीपको ज्ञान कमै रहेकाले सीप पुस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij