Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

गर्भवती र कुरुवालाई निःशुल्क खाना

गर्भवती र कुरुवालाई निःशुल्क खाना

  • 130
    SHARES
  • गर्भवती र कुरुवालाई निःशुल्क खाना

    रूकुमपश्चिम । रूकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ ।

    मुसिकोट नगरपालिका-११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक  कुरुवालाई  निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

    स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बुढाले खाना खर्चको व्यवस्थापन वडा कार्यालयले गर्ने बताए ।

    उनी मुसिकोट-११ का वडाध्यक्षसमेत हुन् । ‘गर्भवतीलाई घरबाट खाना बोकेर ल्याउन समस्या हुने भएकाले सहजताका लागि स्वास्थ्यचौकीमै निःशुल्क खानाको व्यवस्था गर्न लागिएको हो’, उनले भने ।

    सुत्केरीका लागि नगरपालिकाले एम्बुलेन्सको समेत निःशुल्क व्यवस्था गरेको भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # गर्भवती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij