Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

  • 188
    SHARES
  • विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा
    काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएइ)विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ ।
     
    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हुन । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत रहेका छन् । त्यसैगरी रक्षकमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छनोटमा परेका छन ।
     
    मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन । नेपाल र युएईबीचको खेल यही जेठ २४ गते दशरथ रंगशालामा हुने तय भएको थियो । तर दशरथ रंगशालाको मापदण्ड नपुगेको भन्दै एएफसी (एसियन फुटबल महासंघ) ले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij