Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिले प्रहरीसमक्ष आत्म समर्पण गरे

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिले प्रहरीसमक्ष आत्म समर्पण गरे

  • 939
    SHARES
  • दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिले प्रहरीसमक्ष आत्म समर्पण गरे

    केप टाउन । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी गरेको अभियोगमा उनलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उनले आत्मसमर्पण गरेका हुन् । 

    स्थानीय समयअनुसार बुधवार अबेर उनले आफ्नो निवासनजिकै रहेको जेल पुगेको जुमा निकटका अधिकारीहरुले जानकारी दिएका छन । उनलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै उनले आत्मसमर्पण गरेका हुन् । 

    सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ वर्षिय जुमाका अझै पनि हजारौं समर्थक रहेका छन् । उनी आफैं आत्मसमर्पणका लागि गएको विषयलाइ उनका समर्थकहरुले इमान्दारितापुर्वक अदालतको आदेश पालना गरेको रुपमा व्याख्या गरेका छन् । 

    उनकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जादै गरेको र उनको मनोवल उच्च रहेको सामाजिक सञ्जालमा लेखेका छन् । उनलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

    दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो पहिलोपटक हो ।

    दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल सजाय  दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल सजाय 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij