Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट

उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट

  • 74
    SHARES
  • उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईले शिष्टाचार भेट गरेका छन ।

    लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध तथा व्यापार, लगानी र पर्यटनलगायत विषयमा छलफल भएको थियो ।

    उपराष्ट्रपति यादवले काठमाडौँमा जारी लगानी सम्मेलनमा भियतनामको सहभागिताले भविष्यमा त्यहाँबाट नेपालमा लगानी भित्र्याउन पहल हुने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    भेटमा भियतनामका राजदूत गुएन थान हाईले नेपाल र भियतनामबीचको सम्बन्धलाई थप सुदृद्ध र प्रगाढ बनाउन आफूले सक्दो प्रयास गर्ने उल्लेख गर्दै दुई मुलुकबीच सीधा हवाई उडान स्थापनाको गृहकार्य भइरहेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij