Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

  • 140
    SHARES
  • बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

    कास्की । बाग्लुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा महानगरपालिका-२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।

    ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए ।

    बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिए ।

    ‘घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ’, शर्माले भने ।

    तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो ।

  • सम्बन्धित विषय:

  • # बाग्लुङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij