Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तनहुँमा पहिरोमा पुरिएर एक बेपत्ता

तनहुँमा पहिरोमा पुरिएर एक बेपत्ता

  • 621
    SHARES
  • तनहुँमा पहिरोमा पुरिएर एक बेपत्ता

    दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।  ऋषिङ-८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । 

    श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरा खस्दा पुरेको हो । ‘श्रृङ्गपथ तलबाट पहिरो खसेको छ’, उनले भने । बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij