Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

इन्डोनेसियामा पहिरोमा १५ को मृत्यु, दुई बेपत्ता

इन्डोनेसियामा पहिरोमा १५ को मृत्यु, दुई बेपत्ता

  • 134
    SHARES
  • इन्डोनेसियामा पहिरोमा १५ को मृत्यु, दुई बेपत्ता

    एजेन्सी । मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।

    स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र बाँचेका दुई जनाको उद्धार गरिएको बताए ।

    ‘तीमध्ये दुई जना बाँचेका छन् भने अन्य १५ जनाको दुःखद मृत्यु भएको छ’, उनले भने, ‘बासिन्दाहरूले बताएअनुसार अहिले पनि दुई जना बेपत्ता भएका छन्, सम्भवतः उनीहरू पहिरोको भग्नावशेषमुनि रहेका हुनसक्छन् ।’

    ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेषगरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताए ।

    भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उनले बताए ।

    राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले एउटा लिखित विज्ञप्तिमा पहिरोले दुई गाउँलाई प्रभावित बनाउँदा चार घर पहिरोमा पुरिएको बताएको छ ।

    इन्डोनेसियामा वर्षाको मौसममा पहिरोको जोखिम देखिन्छ र केही स्थानमा वन फडानीका कारण समस्या थपिएको छ । लामो समयसम्म मुसलधारे वर्षाका कारण मुलुकका केही क्षेत्रमा बाढी आएको छ ।

    गत महिना सुमात्रा टापुमा अचानक आएको बाढी र पहिरोबाट कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने धेरै मानिस अहिले पनि बेपत्ता भएका छन् ।

    डिसेम्बरमा सुमात्रामा टोबा तलाउ नजिकै पहिरो र बाढीबाट दर्जनौँ घर बगेका थिए र एउटा होटल क्षतिग्रस्त भएको थियो । उक्त प्रकोपमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij