Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लिमीका बालबालिकालाई खोप लगाइयो

लिमीका बालबालिकालाई खोप लगाइयो

  • 110
    SHARES
  • लिमीका बालबालिकालाई खोप लगाइयो

    हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन् ।

    लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो ।

    हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताए ।

    गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखिमाथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा-रुबेलाविरूद्धको खोप पनि बुधबार नै लगाइएको जानकारी उनले दिए ।

    लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुईजना स्वास्थ्यकर्मीले  सेवा प्रवाह गरेका हुन् । 

  • सम्बन्धित विषय:

  • # खोप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij