Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

जनकपुरमा युवकको हत्या

जनकपुरमा युवकको हत्या

  • 140
    SHARES
  • जनकपुरमा युवकको हत्या

    धनुषा । जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ स्थित विश्वकर्मा चोकमा आज २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या गरिएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताए ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अवाका अनुसार विश्वकर्मा चोकमा तीनरचार जनाको एक समूहबीच झगडा हुँदा महोत्तरीको एकडारा गाउँपालिका-३ भटौलिया निवासी घर भएका प्रीन्समाथि छुरा प्रहार भएको थियो ।

    प्रीन्सलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता अवाले बताए । स्थानीयका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते प्रीन्स त्यहाँबाट भाग्दै गर्दा बाटोमा लडी बेहोस भएका थिए ।

    सोही अवस्थामा स्थानीय र प्रहरीले प्रीन्सलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधामको शान्तिनगर बस्ने रोशन दास र अर्का ठेगाना खुल्न नसकेका अर्जुन साहलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता अवाले बताए ।

    मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # हत्या

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij