Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

जुम्लाका नागरिक स्वास्थ्य बीमातर्फ आकर्षित 

जुम्लाका नागरिक स्वास्थ्य बीमातर्फ आकर्षित 

  • 158
    SHARES
  • जुम्लाका नागरिक स्वास्थ्य बीमातर्फ आकर्षित 

    जुम्ला । पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन ।

    एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन । हालसम्म ४५ हजार सात सय २४ महिला र ४४ हजार छ सय ८७ जना पुरुष स्वास्थ्य बीमामा आबद्ध भएका जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए ।

    प्रमुख भण्डारीले भने, ‘जिल्लाका ११ हजार छ सय ४८ घरपरिवार बीमामा आबद्ध छन् ।’ २०७४ देखि जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको उनको भनाइ छ । स्वास्थ्य बीमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्णरुपमा जानकारी नहुँदा यसको महत्वबारे बुझेका थिएनन् ।

    अहिले बीमा सहजकर्ता घरघरमा गएर बीमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बीमामा आबद्ध हुने स्थानीयको सङ्ख्या बढेको कार्यालय प्रमुख भण्डारीले बताए।
    जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पु र्‍याउनका लागि कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ ।

    सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अतिगरिब घरपरिवारलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ । अन्यको हकमा शुल्क लिएर एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको कार्यालयले जनाएको छ ।

    बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सह भुक्तानीको व्यवस्थासमेत गरेको छ । सरकारले २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij