Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

समयमै पाठ्यपुस्तक पुग्यो जुम्लामा

समयमै पाठ्यपुस्तक पुग्यो जुम्लामा

  • 164
    SHARES
  • समयमै पाठ्यपुस्तक पुग्यो जुम्लामा

    जुम्ला । हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।

    सदरमुकाम खलंगा बजारमा रहेको जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले शैक्षिक सत्र सुरु हुनु एक महिनाअघि नै पाठ्यपुस्तक जिल्लामा पुगिसकेको जानकारी दिए । रोकायाले भने, ‘जिल्लाका स्थानीय तहमा रहेका केही विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लगिसकेका छन् । अहिलेसम्म पातारासी गाउँपालिकाका चार, गुठीचौरका दुई र तिलाका चारवटा विद्यालयले पाठ्यपुस्तक लिएका छन् ।’

    अरू स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका रोकायाको भनाइ छ । उनका अनुसार यही चैत ११ गते कक्षा १ देखि १० सम्मका एक/एक हजार थान पुस्तक आइसकेका छन ।

    सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो । विद्यालय सञ्चालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको सध्या स्टेसनरीका सञ्चालक सुनम खड्काले बताए ।

    खड्काका अनुसार शनिबार पाँच/पाँच सय थान पाठ्यपुस्तक आइसकेका छन । सूचीकृत भएका स्टेसनरीबाट पाठ्ययुस्तक विद्यालयले खरिद गरेर लैजाने गरेका सिञ्जा गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले जानकारी दिए ।

    उनका अनुसार पाठ्यपुस्तक खरिद गरेर तिलाका सबै विद्यालयमा समयमै पुर्‍याउन विद्यालयलाई परिपत्र गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij