Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पृथ्वीराजमार्गको मुसेखोला नजिक पहिराे खस्ने जोखिम

पृथ्वीराजमार्गको मुसेखोला नजिक पहिराे खस्ने जोखिम

  • 129
    SHARES
  • पृथ्वीराजमार्गको मुसेखोला नजिक पहिराे खस्ने जोखिम

    तनहुँ । मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत तनहुँको व्यास–१ मुसेखोला नजिक सडक विस्तारका क्रममा पहिराे खस्ने जोखिम रहेको छ ।

    सडकबाट करिब ७२ मिटरको उचाइमा एक सय मिटर जमिन चिरा परेर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    जुनसुकै समयमा पहिरा खस्नसक्ने खतरा देखिएकाले राजमार्ग भएर गुड्ने सवारीसाधानलाई वैकल्पिक मार्गको प्रयोग गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    सडक योजनासँग समन्वय गरी वैकल्पिक मार्गको प्रयोग गराइएको उनको भनाइ छ । उक्त राजमार्ग भएर गुड्ने सवारीसाधनलाई सोही वडाको तालघरेबाट व्यास–११ को रानीगाउँ हुदै घाँसीकुवा निस्कने गरी भित्री सडक प्रयोगको लागि व्यवस्था मिलाइएको उनले बताए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij