Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

७ दिनभित्र नेपालीपन झल्किने नाम राख्न विद्यालयलाई महानगरको निर्देशन

७ दिनभित्र नेपालीपन झल्किने नाम राख्न विद्यालयलाई महानगरको निर्देशन

  • 138
    SHARES
  • ७ दिनभित्र नेपालीपन झल्किने नाम राख्न विद्यालयलाई महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ ।

    ७ दिनभित्र त्यस्तो नाम राखेको विवरण उपलब्ध नगराए विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरपालिकाको चेतावनी छ ।

    बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो ।

    महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिएको हो ।

    साथै विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ ।

  • सम्बन्धित विषय:

  • # महानगर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij