वेबटिभी खबर
काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली (आदर्श) सहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ । विभिान्न मुद्दामा थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो ।
आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्न तहका नेता कार्यकर्ता रहेको बताइएको छ । विप्लव नेतृत्वको नेकपासँग सरकारले ३ महिनाअघि गरेको सहमतिअनुसार पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने भनिएपनि हालसम्म रिहाइ हुन नसकिरहेको बेला सर्वोच्चले आज सो आदेश दिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij