Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिने 

लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिने 

  • रासस
  • चैत्र २०, २०८० मंगलवार १६:४९ बजे
  • 135
    SHARES
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिने 

    तुलसीपुर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते बिहीबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत फागुन २३ गते माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

    प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उनले जानकारी दिए । 

    लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार÷चारजना सदस्य छन् । राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित भएका छन् । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन÷तीनजना प्रदेशसभा सदस्य छन भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र विजयी एक÷एकजना प्रदेशसभा सदस्य रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij