Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

  • 169
    SHARES
  • किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

    फाइल तस्बिर

    चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ ।

    गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’  जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो ।  

    गाउँपालिका कृषि शाखा प्रमुख  आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत  अनुदानमा  मकैको बीउ उपलब्ध गराइएको हो ।

    इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ ।

    गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उनले बताए । गाउँपालिकाले सातै वडामा ६० क्वीन्टल  मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए ।

    इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो । गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा  एक हजार पाँच सय भन्दा बढी हेक्टर  क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # किसान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij