वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सम्पूर्ण विद्यालय र कलेजलाई यही साउनभित्र कक्षा ११ को परीक्षा सम्पन्न गराई नतिजा निकाल्न निर्देशन दिएको छ । बोर्डले आइतबार सूचना जारी गर्दै शैक्षिक सत्र ०७७/७८ मा कक्ष ११ मा भर्ना भएका विद्यार्थीको यही साउनभित्र परीक्षा लिई नतिजा सार्वजनिक गर्न निर्देशन दिएको हो ।
१७ असारमा बसेको बोर्ड बैठकले कक्षा ११ को परीक्षा साउन मसान्तभित्र सम्पन्न गर्न बोर्डले देशभरका सरकारी र निजीक्षेत्रका शैक्षिक संस्थालाई निर्देशन दिने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बोर्डले रजिष्ट्रेशन र सिम्बोल नम्बर पठाएपछि सम्बन्धित शैक्षिक संस्थाले ११ कक्षाको परीक्षा सम्पन्न गरी नतिजा निकाल्नु पर्ने भएको छ ।
‘शैक्षिक सत्र ०७७/७८ मा कक्ष ११ मा भर्ना भएका विद्यार्थीको परीक्षा सञ्चालन र व्यवस्थापन बोर्डबाट जारी भएको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, ०७७ अनुसार गर्नुपर्नेमा कोभिड-१९ को महामारीका कारण सो काे कार्यविधिले तोकेको मितिमा परीक्षा सम्पन्न हुन नसकेपछि बोर्डको १७ असारको निर्णयअनुसार ११ कक्षाको परीक्षा र नतिजा प्रकाशन ०७८ साउन मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ,’ बोडैले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij