Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

खोरेतविरूद्ध खोप अभियान सुरु

खोरेतविरूद्ध खोप अभियान सुरु

  • 206
    SHARES
  • खोरेतविरूद्ध खोप अभियान सुरु

    मोरङ । मोरङको पथरी शनिश्चरे-८ मंगलबारेका किसान चिन्तित रहेका छन् । मंगलबारेका किसानका गाईबस्तुमा खोरेत रोग लागेपछि चिन्तित बनेका हुन् ।

    तीन दिनदेखि पशुमा ज्वरो आउने, खुट्टा र मुखमा घाउ देखिने र खोले नखाएपछि किसान चिन्तित बनेका हुन् । पशुमा खोरेतको लक्षण देखिएपछि किसाने वडामा खबर गरी उपचार सुरु गरेका छन् । पथरी शनिश्चरे-८ का वडाध्यक्ष नवीन कार्कीको सहयोगमा मंगलबार दिउँसोदेखि उपचार सुरु भएको हो ।

    पशुमा खोरेतको लक्षण देखिएलगत्तै वडाअध्यक्ष कार्की मंगलबारेस्थित किसानका गोठगोठमा पशु चिकित्सक र प्राविधिकको टोलीसहित पुगेका छन् ।

    वडाअध्यक्ष कार्कीले किसानका समस्या सुनेर तत्काल नगरका पशुपन्छी शाखाका प्रमुख डा सबल पोख्रेलसहितको टोलीलाई रोग फैलिएका क्षेत्रमा आज बिहानैदेखि खोरेतविरुद्ध खोप लगाउन थालिएको बताए । खोरेतविरुद्ध किसानलाई सचेत पारिएको पनि वडाध्यक्ष कार्कीले  जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # अभियान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij