Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

सशस्त्र प्रहरीको छापा, करिब २ हजार बोरा अवैध चिनी र केराउ बरामद

सशस्त्र प्रहरीको छापा, करिब २ हजार बोरा अवैध चिनी र केराउ बरामद

  • 308
    SHARES
  • सशस्त्र प्रहरीको छापा, करिब २ हजार बोरा अवैध चिनी र केराउ बरामद

    नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका-१ बरुवमाबाट नेपाल सशस्त्र प्रहरीले अवैध रूपमा राखिएको चिनी र केराउ बरामद गरेको छ ।

    सोमबार साँझबाट छापामार्न सुरु गरिएकोमा करिब २ हजार बोरा चिनी र केराउ बरामद भएको हो । भारतबाट अवैध रूपमा सानो-सानो परिमाणमा ल्याइ गोदाम गरिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासिबाट सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेको कमान्डमा खटिएको टोलीले उक्त गोदाममा छापा मारेको थियो ।

    सोही क्रममा २ सय बोराभन्दा बढि चिनी र १ हजार ७ सय बोरा भन्दा बढी केराउ फेला परेको सशस्त्र प्रहरीका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    38e57f5c-5ec2-4756-bc77-756b48c0f9ed.jpg

    उनका अनुसार स्थानीय श्याम भनिने  ज्ञानु अर्यालको घर पछाडी करिब ५० फिट लम्बाइ र ३० फिट चौडाईको टिनको गोदाममा लुकाइराखेको अवस्थामा चिनी र केराउ बरामद भएको हो ।

    सो गोदाम अर्यालले भाडामा लगाएको भने पनि भाडामा लिने ब्यक्तिको पहिचान हुन सकेको छैन । ती खाध्यसामाग्री ३० र ५० किलोको बोरामा रहेको छन् । सामान ओसार्नको १० वटाभन्दा बढी ट्रक प्रयोग गरिएको छ ।

    5bf237e6-b45c-4390-adaa-7893bf9a384f.jpg

    सो ठाउँमा अबैध भन्डारण गरि नक्कली कागजपत्र बनाएर देशका अन्य ठाउँमा सप्लाई गर्ने गरेको बुझिएको छ । करिब ४५ लाख मूल्यभन्दा बढिको अनुमान गरिएको चिनी र केराउ आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय नबलपरासीमा बुझाउने प्रक्रियामा रहेको डीएसपी थापाले जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # अवैध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij