Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको सपथ

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको सपथ

  • 103
    SHARES
  • राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको सपथ

    काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन ।

    नयाँ वानेश्वरस्थित संसद भवनमा संघीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएकी हुन ।

    सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिए भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे ।

    राष्ट्रिय सभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij